FAQs Complain Problems

योजना तथा कार्यक्रम सम्झौता गर्दा चाहिने कागजात के के हुन् र यसको प्रक्रिया के हो ?

१. योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन २. स्वीकृत लागत अनुमान। ३. वडा कार्यालयको योजना सम्झौता गरिदिने वारेको सिफारिस । ४. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि । ५. संघसंस्था, समूह, क्लब, समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपि । ६. समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि । ७. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव ।